ad ad

कला


समीक्षाको स्पष्टीकरण : मैले कसैसँग क्षतिपूर्ति मागेकी छैन, रकम पनि लिएकी छैन

समीक्षाको स्पष्टीकरण : मैले कसैसँग क्षतिपूर्ति मागेकी छैन, रकम पनि लिएकी छैन

नेपालखबर
भदौ २८, २०७९ मंगलबार २२:२४, काठमाडौँ

चर्चित गायिका समीक्षा अधिकारीले आफूभित्र मानसिक रूपमा नकारात्मक प्रभाव परेको बताएकी छन्। 

सामाजिक सञ्जालमार्फत मंगलबार राति भनाइ राख्दै उनले पछिल्ला समय आएका गालीगलौजले चोट पुगेको बताएकी छन्। 

सामाजिक सञ्जालमा आएका अनेक खालका तस्बिर र गालीगलौजले आफ्नो मानसपटलमा नकारात्मक प्रभाव परेको दुखेसो उनले पोखेकी छन्। 

'यहाँहरु सबैलाई अवगत भएकै कुरा हो। म लामो समयदेखि एउटा दु:खद घटना भोगिरहेकी छु। उक्त घटना मेरो र नेपालको कलाकारिता क्षेत्रका निम्ति नै दु:खद हो', उनले भनेकी छन्, 'सामाजिक सञ्जालमा मेराविरुद्ध बनेका लज्जास्पद तस्बिर र गाली गलौजले मेरो मानसपटलमा नकारात्मक प्रभाव परेको छ। कृपया आफ्नै घरको घटना जस्तो सम्झेर मेरो समस्यालाई नियालिदिनुहोला।'

उनले आफूसँग जोडेर क्षतिपूर्ति र कयौँ लाख रुपैयाँ लिएको आरोपको पनि खण्डन गरेकी छन्। समीक्षाले अहिलेसम्म कसैबाट क्षतिपूर्तिबापत वा अन्य कुनै पनि किसिमको रकम नलिएको पनि स्पष्टीकरण दिएकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .