वरुण धवन यतिबेला आफ्नो फिल्मका कारण चर्चामा छन्। उनी पछिल्लोपटक फिल्म जुग–जुग जियोमा अनिल कपुरका साथ देखिएका थिए। उनी छिट्टै चलचित्र ‘बवल’ र ‘भेडिया’मार्फत पर्दामा फर्किने भएका छन्।
वरुण धवन सामाजिक सञ्जालमा निकै सक्रिय छन्। उनले आफ्ना तस्बिर र भिडिओ धेरै अपलोड गरिरहेका हुन्छन्। हालै सामाजिक सञ्जालमा वरुण धवनको एउटा भिडिओ भाइरल भइरहेको छ, जसमा उनी अर्कै लुक्समा देखिएका छन्।
सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडिओमा उनको लुक्स निकै अचम्मको छ। भिडिओमा उनले कालो टिसर्ट र हल्का नीलो जिन्ससहित खैरो रंगको खुला ज्याकेट लगाएका छन्। ब्याकग्राउन्डमा सञ्जय दत्तको गीत ‘कलर को थोडा सा ऊपर चड्डा के’ बजिरहेको छ।
असोज ३, २०७९, साेमबार
135
Shares
प्रतिक्रिया