आगामी कार्तिक ८ गतेबाट रिलिजको तयारीमा रहेको बलिउड फिल्म ‘रामसेतु’को ट्रेलर सार्वजनिक भएको छ।
अक्षयकुमारले शीर्ष भूमिकामा अभिनय गरेको फिल्मको ट्रेलरमा अक्षयको ३ दिने मिसनको कथा समेटिएको छ।
यो फिल्ममा अक्षयकुमार राष्ट्रिय सम्पदा संरक्षणका लागि खटिएको एक भूगर्भशास्त्रीको भूमिकामा देखिएका छन्।
सार्वजनिक ट्रेलरमा नुसरत भरुचा, ज्याकलिन फर्नान्डिज, नसार र सत्यदेवलाई पनि देखाइएको छ।
रामायणमा उदृत गरिएको रामसेतुको कथाबाट फिल्म प्रभावित छ।
अभिषेक शर्माले निर्देशन गरेको ‘रामसेतु’ अमेजन प्राइम र केप अफ गुड फिल्म्सको ब्यानरमा निर्माण भएको हो।
असोज २५, २०७९, मंगलबार
48
Shares
प्रतिक्रिया