छायांकनमा जाने तयारीमा रहेको फिल्म ‘प्रसाद २’ नायिका नपाएपछि अन्यौलमा परेको छ।
छायांकनका क्रममा नायक विपिन कार्कीसँग विवाद भएपछि रोकिएको फिल्म अहिले नायिका नपाएर रोकिएको छ। निर्माण टिम र विपिनबीच मिलाप भएपछि छायांकनमा जाने तयारीमा रहेको फिल्मबाट एकाएक नायिका नम्रता श्रेष्ठले हात झिकिन्।
नम्रताले अर्को फिल्म ‘ग्रहण’सँग सेड्युल जुध्यो भन्दै फिल्म छोडेपछि निर्माण टिम ऋचा शर्मा कहाँ पुगेको खबर सार्वजनिक भएको थियो। तर ऋचाले पनि ‘प्रसाद’ टिमलाई नपत्याएपछि नायिका खोज्ने काम भइरहेको छ। यो फिल्मको अफर सुरक्षा पन्तसम्म पनि पुगेको थियो। सुरक्षा पनि फिल्ममा काम गर्न तयार भइनन् ।
अब यो फिल्मको प्रस्ताव केकी अधिकारी कहाँ पुगेको छ। तर केकीले फिल्ममा काम गर्ने नगर्ने भनेर निर्णय दिन सकेकी छैनन्। स्क्रिप्ट अध्ययन गरिरहेकोले फिल्मको विषय अहिले यही भन्न नसक्ने केकीले बताएकी छिन्।
उनी भन्छिन् ‘स्क्रिप्ट राम्रो लाग्यो र सबै कुरा मिल्यो भने अभिनय गर्न सक्छु।’ फिल्म निर्माण टिम भने केकीको जवाफ कुरिरहेको छ।
Shares
प्रतिक्रिया