ad ad

कला


शिव परियार भन्छन्– धोकेबाज गीत मेरो भनेको छैन

शिव परियार भन्छन्– धोकेबाज गीत मेरो भनेको छैन

नेपालखबर
चैत ७, २०७९ मंगलबार १२:३४, काठमाडौँ

पछिल्लो समय ‘धोकेबाज हौ तिमी’ बोलको गीतलाई लिएर बजारमा चर्चा छ। मेला महोत्सवमा यो गीतकी गायिका एलिना चौहानले गीत गाउँदा दर्शकले विभिन्न खाले हर्कत देखाए। दर्शकको हर्कतका कारण गीत र एलिनाको सँगसँगै चर्चा भयो।

तर, एलिनासँगै मेल भर्सनमा गायक शिव परियाले उक्त गीतमा आवाज भरेका थिए। 

गीतलाई लिएर शिवको चर्चा नभएपछि एक टेलिभिजन अन्र्तवार्तामा उनले उक्त गीत आफूले पनि गाएको बताएका थिए। त्यहि कुरालाई आधार मानेर बजारमा शिवले ‘धोकेबाज’ गीत मेरो भने भन्ने आशयको चर्चा चल्यो। उनले दिएको अन्र्तवार्ता प्रसारण गर्ने क्रममा यही टाइटल राखिएको थियो। शिवले उक्त भिडियो अन्र्तवार्ता आफ्नो फेसबुक वालमा शेयर गरेका छन्। 

शिवको उक्त अन्र्तवार्तापछि धेरै गायक/गायकाले स्रष्टाको नाम नलिएको, आफू–आफूमा घमण्ड गरेर हिँडेको भन्ने खालका प्रतिकृया दिए। गीत र गायक÷गायिकालाई जोडेर आएका विभिन्न खाले प्रतिकृयामा मौन रहेका शिवले फेसबुकमार्फत उक्त गीत आफ्नो मात्रै नभनेको बताएका छन्।

शिवले फेसबुकमा लेखेका छन्–
धोकेबाज हौ तिमी प्रेस विज्ञप्ती

‘धोकेबाज हौँ तिमी’ गीतका बारेमा पछिल्लो समय मिडियामा आएका बनिबनाउँ प्रहार पूर्ण समाचारका सम्बन्धमा मेरो आधिकारिक बिचार, पहिला कस्ले गाएको? पछि कस्ले गाएको? भन्ने बनि बनाउँ कन्ट्रोभर्सि खबरबाट मेरा सबैजना प्रीय शुभचिन्तकहरु कृपया सावधान र सतर्क रहिदिन बिनम्र अनुरोध गर्दर्छु। धोकेबाज हौ तिमी गीत, यस गीतका आधिकारिक स्रष्टा र सङ्गीतकार सुबास कार्कीले आधिकारिक रुपमा मेल, फिमेल र चाईल्ड ३ भर्सनमा यो गीत बजारमा अफिसियल रेकर्डिङ्ग र प्रकाशन गर्नु भएको छ। यसमा स्वर दिने कुनै पनि गायक गायिकाले यो गीत मेरो मात्र हो अरुको होईन भन्ने अभिव्यक्ति कतै लेखेको वा दिएको अवस्था पनि होईन, छैन् र चोरि चकारी वा कभर गरेर हामी कसैले गाएको पनि हैनौं। यस गीतलाई मेल, फिमेल, चाईल्ड यि तिनै भर्सनमा आफ्नो स्वर दिएर गाउँने गायक गायिका नै यस गीतका आधिकारिक र ओर्जिनल गायक गायिका हुन्। यो विषयमा कुनै बिबाद गर्नु पर्ने आधार या आवश्यक्ता मैले देखेको छैन। आधिकारिक रुपमा स्पष्ट पार्दछु, यति सहज र सरल र बिषयमा कुरा बुझेर पनि, जानेर पनि बुझ पचाएर प्रहार गर्ने उद्देश्यले यो अप्राकृतिक कन्ट्रोभर्सि आकर्षित देखिन्छ। यो वास्तविकता देखि सतर्क र सावधान भईदिन, यस्ता हल्लाका पछि नदौडिन, र कुरा नबुझि गाली गलौजको भाषा प्रयोग गरेर कमेण्ट गर्न हतार नगरौं। मेरा समस्त प्रीय शुभचिन्तकहरुमा अनुरोध गर्दछु।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .