ad ad

कला


गायक सोनु निगमका बुबाको घरबाटै ७२ लाख चोरी, पूर्वचालक पक्राउ

गायक सोनु निगमका बुबाको घरबाटै ७२ लाख चोरी, पूर्वचालक पक्राउ

गायक सोनु निगम।


नेपालखबर
चैत ९, २०७९ बिहिबार ७:४४, काठमाडौँ

गायक सोनु निगमका बुबा अगमकुमार निगमबाट ७२ लाख रुपैयाँ चोरी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। 

यी व्यक्ति अगमकुमारका पूर्वचालक हुन्। अगमकुमार मुम्बईको अंधेरी वेस्ट इलाकामा बस्छन् र यो चोरी मार्च १९ देखि २० को बीचमा भएको थियो। सोनु निगमकी बहिनी निकिताले उक्त विषयमा उजुरी दिएकी हुन्। 

उजुरीका अनुसार रेहान नामका व्यक्ति आठ महिनादेखि अगमकुमारका ड्राइभर थिए र हालै खराब प्रदर्शनका कारण हटाइएका थिए। 

अगमकुमार निगमले आइतबार छोरीलाई आफ्नो डिजिटल लकरबाट ४० लाख (भारु) रुपैयाँ हराएको बताए। भोलिपल्ट उनी फेरि बाहिर निस्कँदा सोही लकरबाट थप ३२ लाख रुपैयाँ (भारु) पनि चोरी भएको थियो। 

समाचार एजेन्सी पीटीआईका अनुसार सीसीटीभी फुटेज जाँच गर्दा रेहान दुवै दिन हातमा झोला लिएर फ्ल्याटतर्फ हिँडिरहेको देखियो। 

अगमकुमार निगमले रेहानले घरको डुप्लिकेट साँचो प्रयोग गरी घरभित्र पसेर ७२ लाख रुपैयाँ चोरेको आशंका गरेको उजुरीमा उल्लेख छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .