ad ad

कला


शाहरुखका कारण फिल्म गुमाएकी ऐश्वर्या

शाहरुखका कारण फिल्म गुमाएकी ऐश्वर्या

नेपालखबर
चैत १०, २०७९ शुक्रबार १३:२७, काठमाडौँ

बलिउडमा एक समय अभिनेता शाहरुख खान र ऐश्वर्या रायको जोडीलाई निकै रुचाइन्थ्यो। यी दुईले थुप्रै फिल्ममा सँगै काम गरे।

उद्योगमा सक्रिय रहेकै बेला शाहरुख र ऐश्वर्याको सम्बन्ध चिसियो। सम्बन्ध बिग्रिएपछि शाहरुखले धेरै फिल्ममा ऐश्वर्याका स्थानमा अन्य नायिकालाई राख्न लगाए।

फिल्म ‘चलते चलते’मा शाहरुख र ऐश्वर्यालाई खेलाउने तयारी निर्माताको थियो। तर अचानक उनलाई फिल्मबाट हटाएर रानी मुखर्जीलाई ल्याइयो। पछि यसका लागि शाहरुखले ऐश्वर्यासँग माफी पनि मागेका थिए।

ऐश्वर्या राय बच्चनले सिमी ग्रेवाललाई दिएको अन्तर्वार्तामा शाहरुखले फिल्मबाट हटाएको विषयप्रति प्रतिक्रिया दिएकी थिइन्। उनलाई सोधिएको थियो, ‘शाहरुखका धेरै फिल्मबाट तपाईंलाई निकालियो नि?’

जवाफमा ऐश्वर्याले भनिन्, ‘अब यो प्रश्नको जवाफ कसरी दिन सक्छु? पक्कै पनि हामीले केही फिल्ममा सँगै काम गर्न लागेका थियौँ, तर बीचमा ती फिल्मबाट मलाई निकालियो।’ 

उनले अगाडि भनिन्, ‘यस्तो किन भयो, मलाई थाहा छैन। मसँग किन यस्तो भयो भनेर कसैलाई सोध्न पनि गएको छैन। यो मेरो बानी होइन।’

‘चलते’ फिल्ममा निर्देशक यश चोपडाको पहिलो रोजाइमा ऐश्वर्या थिइन्। तर शाहरुखले उनको ठाउँमा अर्की नायिका राख्न चोपडालाई दबाब दिएकै कारण रानी मुखर्जीले उक्त फिल्ममा काम गरेको बताइन्छ।  यो कुराले ऐश्वर्या निकै दुःखी भइन्। त्यसयता ऐश्वर्या र शाहरुखको सम्बन्धमा कटुता आएको थियो। 

यस विषयमा शाहरुख खानलाई पनि प्रश्न गरिएको थियो। उनले भने, ‘चलते चलते फिल्मको हिस्सा उहाँ बन्न नसक्दा मलाई व्यक्तिगत रूपमा निकै दुःख लागेको थियो। म र उहाँ एकदमै मिल्ने साथी हौँ, हामीले धेरै फिल्ममा सँगै काम गरेका छौँ। फिल्मबाट उहाँलाई हटाउँदा म निकै दुःखी भएँ।’

उनी अहिले पनि सलमान खानका कारण ऐश्वर्यालाई ‘चलते चलते’ फिल्मबाट निकालिएको दाबी गर्छन्। त्यतिबेला सलमान र ऐश्वर्याको सम्बन्ध निकै तनावपूर्ण थियो।

सलमान फिल्मको सेटमा पुगेर चर्को स्वरले कराएपछि सलमान र शाहरुखबीच झगडा भएको खबर पनि आएको थियो।

शाहरुख–ऐश्वर्या सन् २०१६ मा फेरि एकसाथ देखिएका थिए। करण जोहरले शाहरुखलाई आफ्नो फिल्म ‘ए दिल है मुस्किल’मार्फत पर्दामा ल्याएका थिए। यस फिल्ममा शाहरुख खान अतिथि भूमिकामा थिए। फिल्ममा उनी ऐश्वर्याका पूर्वपतिको भूमिकामा छन्। उक्त फिल्ममा ऐश्वर्याको लुक्स ग्ल्यामरस देखिएको थियो। उनको र रणवीर कपुरको केमेस्ट्रीलाई निकै रुचाइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .