ad ad

कला


टाइगर ३ को सुटिङका क्रममा घाइते भए सलमान खान

टाइगर ३ को सुटिङका क्रममा घाइते भए सलमान खान

फाइल तस्बिर


नेपालखबर
जेठ ५, २०८० शुक्रबार १३:२, काठमाडौँ

बलिउड अभिनेता सलमान खान चलचित्र सुटिङका क्रममा घाइते भएका छन्। उनले बिहीबार आफ्नो काँधमा चोट लागेको जानकारी दिएका छन्। 

उनले ट्वीट गर्दै आफ्नो आगामी चलचित्र 'टाइगर ३' को सेटमा चोट लागेको जानकारी दिएका छन्। 

‘जब तपाईंलाई लाग्छ नि आफ्नो काँधमा दुनियाँको बोझ छ। यसो भन्ने दुनियाँको कुरा छाड्नु पाँच किलोको डम्बल उठाएर देखाउनु, टाइगर घाइते छ।’

यस पोस्टमा उनले एक तस्वीर पनि शेयर गरेका छन्। जसमा उनको पिठ्युँमा चोटबाट राहत दिने ब्यान्डेज लगाइएको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार, यशराज फिल्म्सको 'टाइगर ३' मा सलमान खानसँगै कटरिना कैफले अभिनय गरिरहेकी छन्।

मनीष शर्माको निर्देशनमा बनिरहेको यो एक्सन थ्रिलर आगामी नोभेम्बरमा रिलिज हुँदैछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .