कला


बलिउडमा भविष्य खोज्दै अदिती बुढाथोकी

बलिउडमा भविष्य खोज्दै अदिती बुढाथोकी

नेपालखबर
जेठ १५, २०८०, साेमबार , काठमाडौँ

अभिनेत्री अदिती बुढाथोकी बलिउडमा भविष्य खोजिरहेकी छिन्।

केही नेपाली फिल्ममा काम गरेकी अदिती गत वर्ष मात्रै होमप्रोडक्सनको फिल्म ‘बाबरी’मा देखा परिन।

तर उनको यो फिल्मले उद्योगमा खासै प्रभाव भने पार्न सकेन। त्यसयता नेपाली फिल्म उद्योगमा उनको खासै चर्चा छैन।

हाल भारतमा रहेकी अदितीले हिन्दी गीतमा म्यूजिक भिडियोमा समेत काम गरिन। उनी अब वेब सिरिजमा देखिने तयारीमा छिन्।

वेब सिरिजको १ सिरिज छायाँकनसमेत सकेको अदितीले बताएकी छिन्।

नितिन गावडेले निर्देशन गरिरहेको वेब सिरिजको ३ सिजनसम्म अदितीले काम गर्ने छिन्।

यो वेब सिरिजलाई विनोद प्रधानले छायाँकन गरिरहेका छन्। वेब सिरिज अमेजन प्राइमबाट रिलिज हुनेछ।

जेठ १५, २०८०, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .