विक्की कौशल तथा सारा अलि खान अभिनय रहेको फिल्म ‘जरा हटके, जरा बचके’लाई दर्शकले मन पराएका छन्।
फिल्मले भारतीय बक्स अफिसमा सुखद व्यापारको सुरुवात गरेको छ। फिल्मले हलबाटै लगानी उठाउने संकेत देखाएको छ।
४० करोड भारु लागतमा निर्माण भएको यो फिल्म जुन २ बाट रिलिज भएको हो। फिल्मले अहिलेसम्म कुल २६.७३ करोड कमाइ गरिसकेको छ। रिलिजको चौथो दिनसम्म भारतमा मात्रै ४.१४ करोड भारु कलेक्सन गरेको रिपोर्ट सार्वजनिक भएको छ।
अहिलेकै अनुपातमा कमाइ गर्ने हो भने प्रदर्शनको पहिला साता नै फिल्मले लगानी उठाउने भारतीय सञ्चार माध्यमले जनाएको छ।
नेपाली बक्स अफिसमा भने सिनेमा कमजोर साबित भएको छ।
रोमान्टिक कमेडी कथामा बनेको यो फिल्ममा विक्की र सारा श्रीमान-श्रीमतीको देखिएका छन्, जो सम्बन्धविच्छेद गर्न चाहन्छन्।
27
Shares
प्रतिक्रिया