कला


प्रियंकाको फिल्ममा आयुष्मान छायांकार

प्रियंकाको फिल्ममा आयुष्मान छायांकार

नेपालखबर
असोज ३०, २०८० मंगलबार १५:७, काठमाडौँ

अभिनेत्री प्रियंका कार्कीले फिल्म निर्माण गर्ने भएकी छिन्। उनको निर्माण गर्न लागेको फिल्म सिमोस सुनुवारले निर्देशन गर्नेछन्। सिमोस फिल्ममा अनुबन्धित भैसकेका छन्।

प्रियंकाको कम्पनी आयंका फिल्म्स र निर्देशक सुनुवारबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ।

यो फिल्मलाई आयुष्मान देशराज श्रेष्ठले छायांकन गर्नेछन्। तिहारलगत्तै छायांकनमा जाने फिल्मले दिदीबहिनीको सम्बन्धको कथा पेश गर्नेछ। दिदीको भूमिकामा प्रियंकाले अभिनय गर्नेछिन् भने बहिनीको रोलमा नयाँ अभिनेत्रीलाई कास्ट गर्ने तयारी छ।

नेपाली नयाँ वर्षमा प्रदर्शन लक्ष्य राखिएको यो फिल्म नारीप्रधान कथावस्तुमा बन्न लागेको थ्रिलर र एक्सन फिल्म हो। यसअघि ‘जस्ट एनदर लभस्टोरी’ वेब–सिरिजमा काम गरेका प्रियंका र सिमोसले यो फिल्ममा सहकार्य गर्न लागेका हुन्। अहिले दुवै जना टिभी सिरिज ‘हिमालय रोडिज’मा व्यस्त छन्।

सिमोसकै कन्सेप्ट रहेको यो फिल्मको स्क्रिप्टको दुई चरण ड्राफ्ट सकिएको छ। अभिनेता आयुष्मान छायांकार बन्न लागेकोबारे सिमोसले भने, ‘उसले पढेको पनि छायांकन नै हो। यो विधामा पनि उसले राम्रो काम गर्न सक्छ भन्नेमा म विश्वस्त छु।’

यो फिल्मलाई प्रियंकाको आयंका फिल्म्स र जुनतारा फिल्म्सको संयुक्त व्यानरमा निर्माण गरिँदैछ। प्रियंकाले पहिलोपटक होम प्रोडक्सन फिल्म बनाउन लागेकी हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .