रणवीर कपुरको मुख्य भूमिका रहेको बलिउड फिल्म ‘एनिमल’ ले रिलिजअगावै रेकर्ड बनाएको छ।
यो फिल्म अमेरिकी थिएटरका ८ सय ८८ स्क्रिनमा रिलिज हुनेछ। ‘एनिमल’ यति ठूलो स्केलमा रिलिज हुने पहिलो हिन्दी फिल्म बनेको छ ।
यसअघि शाहरुख खान अभिनित फिल्म ‘जवान’ अमेरिकाका ८ सय ५० स्क्रिनमा प्रदर्शन भएको थियो। त्यस्तै, रणवीर र आलिया भट्ट स्टारर ‘ब्रहमास्त्र’ ८ लाख १० पर्दामा लागेको थियो।
ग्याङस्टार ड्रामा एमिमल बुवा र छोराको कहानीमा आधारित छ। यसफिल्ममा रणवीरसँग साउथ अभिनेत्री रश्मिका मन्दाना पहिलोपटक देखिँदैछिन्।
यस फिल्ममा रणवीर र रश्मिकाका साथै अनिल कपुर, बबी देओल, तृप्ति डिमरी मुख्य भूमिकामा छन्। सन्दीप रेड्डी वांगाको निर्देशन र लेखन रहेको यो फिल्म मंसीर १५ गतेदेखि पाँच भाषामा रिलिज हुनेछ।
105
Shares
प्रतिक्रिया