कला


युट्युबमा पनि दयाहाङको कब्जा, तीनवटै फिल्म ट्रेन्डिङमा

युट्युबमा पनि दयाहाङको कब्जा, तीनवटै फिल्म ट्रेन्डिङमा

नेपालखबर
कात्तिक २७, २०८० सोमबार १४:२३, काठमाडौँ

पछिल्लो समयका हिट फिल्म दिने अभिनेता हुन्- दयाहाङ राई। निर्माताहरुको पहिलो रोजाइ बनेका दयाहाङ अभिनित फिल्म हलमा लगातार रिलिज भइरहेका छन्। हलमा मात्रै नभई दयाहाङले युट्युबमा समेत कब्जा जमाएका छन्।

चाडपर्वकै अवसरमा रिलिज भएका दयाहाङका तीनवटै फिल्म यतिबेला युट्युबमा हिट भइरहेका छन्। दयाहाङ स्टारर ‘कबड्डी’ ४ सहित ‘के घर के डेरा’ र बिहे पास’ युट्युब ट्रेन्टिङमा छन्।

दुई दिनअघि रिलिज गरिएको फिल्म ‘के घर के डेरा’ युट्युब ट्रेन्टिङको शीर्ष स्थानमा छ। यस फिल्मलाई अहिलेसम्म १४ लाखभन्दा बढी पटक हेरिसकिएको छ। गत वर्षको तिहारमा रिलिज भएको यस फिल्मले बक्सअफिसमा राम्रो व्यापार गरेको थियो। फिल्ममा दयाहाङसहित विपिन कार्की,सुरक्षा पन्त, वर्षा राउतलगायतले अभिनय गरेका छन्। 

त्यसैरी दुई साताअघि रिलिज भएको फिल्म ‘कबड्डी २’ अहिलेसम्म पनि ट्रेन्डिङको तेस्रो स्थानमा छ। यस फिल्मलाई हालसम्म युट्युबमा ८४ लाख ६५ हजारभन्दा बढी जनाले हेरिसकेका छन्। गत वर्ष जेठ १४ गते हलमा प्रदर्शन भएको यो फिल्म सर्वाधिक कलेक्सन गर्ने नेपाली फिल्मसमेत हो। 

लक्ष्मीपूजाका दिन दयाहाङ राई र प्रकृति श्रेष्ठ अभिनित फिल्म ‘बिहे पास’ युट्युबमा रिलिज गरिएको छ। रिलिज गरिएको २४ घण्टा नबित्दै यो फिल्म युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा आएको छ। साढे ११ लाख भ्युज पाएको यो फिल्म पनि युट्युब ट्रेन्डिङको पाचौँ स्थानमा छ। गत वैशाख १ गते रिलिज भएको यस फिल्मले औसत व्यापार गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .