कला


‘डंकी’को ‘लुटपुटगया’ गीतमा नेपाली फ्यानको डान्स हेरेपछि शाहरुखले लेखे- धन्यवाद नेपाल (भिडिओ)

‘डंकी’को ‘लुटपुटगया’ गीतमा नेपाली फ्यानको डान्स हेरेपछि शाहरुखले लेखे- धन्यवाद नेपाल (भिडिओ)

नेपालखबर
मंसिर १४, २०८० बिहिबार २१:३३, काठमाडौँ

बलिउड अभिनेता शाहरुख खानको फिल्म ‘डंकी’ पुस ५ गतेदेखि प्रदर्शन हुँदै छ।

यसैले यतिबेला उनी फिल्मको प्रचारमा जोडतोडका साथ लागिरहेका छन्। यसका लागि उनले सामाजिक सञ्जालसमेत उपयोग गरिरहेका छन्। 

यसैबीच शाहरुखका नेपाली फ्यानले ‘डंकी’को गीत ‘लुटपुट गया’मा नाच्दै गरेको भिडिओ सामाजिक सञ्जाल एक्स (ट्विटर) मा राखेका छन्। 

शाहरुख र तापसी पन्नुलाई मेन्सन गर्दै एसआरके युनिभर्स नेपाल फ्यान क्लब ह्यान्डलमा लेखिएको छ,  ‘डंकी मेनिया सुरु भयो । इटहरीको हाम्रो समूह लुटपुट गयामा नाचेको छ। नेपाल लभ यु, किङ खान।’

यसलाई बिहीबार शाहरुखले सेयर गर्दै क्याम्पसनमा लेखेका छन्, ‘धन्यवाद नेपाल। हजुरहरूको नाचे देखेपछि म पनि लुटपुटगया। हा...हा...।’  

भिडिओ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .