कला


‘एनिमल’ १०० करोड क्लबमा, कति कमायो २ दिनमा?

‘एनिमल’ १०० करोड क्लबमा, कति कमायो २ दिनमा?

नेपालखबर
मंसिर १७, २०८० आइतबार १३:५५, काठमाडौँ

रणवीर कपुरको मुख्य भूमिका रहेको बलिउड फिल्म ‘एनिमल’ १०० करोड क्लबमा प्रवेश गरेको छ। यस फिल्मले दुई दिनमा भारतभर १२९ करोड ८० लाख भारतीय रुपैयाँ स‌ंकलन गरेको हो। 

पहिलो दिन ‘एनिमल’ले ६३.८ करोड कमाउँदा दोस्रो दिन शनिबार भने ६६ करोड भारु कलेक्सन गरेको थियो। तेस्रो दिन पनि फिल्मको अकुपेन्ची राम्रो रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

त्यसैगरी विश्वभरि भने फिल्मले २३६ करोड भारुको आँकडा पार गरिसकेको छ। फिल्ममा रणवीरका साथै रश्मिका मन्दाना, अनिल कपुर, बबी देओल, तृप्ति डिमरीलगायतले अभिनय गरेका छन्। 

सन्दीप रेड्डी वांगाको लेखन र निर्देशनमा बनेको उक्त फिल्मले बाबु-छोराको सम्बन्धमा आउने उतारचढावले ल्याउने सामाजिक प्रभावको  कथा समेटेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .