कला


नेपाली फिल्ममा देखिँदै बलिउड अभिनेता ह्यारी जोश

नेपाली फिल्ममा देखिँदै बलिउड अभिनेता ह्यारी जोश

नेपालखबर
मंसिर २१, २०८० बिहिबार १६:५८, काठमाडौँ

बलिउड अभिनेता ह्यारी जोशले नेपाली फिल्म ‘देव वाणी’मा अभिनय गर्ने भएका छन्।

जोश बलिउडमा खलनायक भूमिकामा रुचाइएका कलाकार हुन्।

‘वान्टेड’, ‘धूम २’, ‘वेलकम’ जस्ता फिल्ममा अभिनय गरिसकेका उनी नेपाली फिल्ममा देखिने भएका छन्। फिल्ममा अभिनय गर्न उनी बुधबार नेपाल आइसकेका छन्।

बिहीबार बिहानदेखि बालाजु ल्याबमा जोशको भागको छायांकन भइरहेको निर्देशक बाबु साहेव बलामीले बताए। करिब ६ दिन फिल्मको अन्तिम चरणको छायांकन हुनेछ। फिल्ममा ह्यारीको विशेष भूमिका रहेने निर्माणटिमले जनाएको छ।

फिल्म हिन्दी भाषामा पनि बनेकाले भारतीय कलाकारलाई समेटिएको बलामीको भनाई छ। यो फिल्म नेपालसँगै भारतमा पनि हलमा रिलिज हुनेछ। दशैंभन्दा अगाडि नै सिमरा र वीरगञ्ज क्षेत्रमा छायांकन भैसकेको फिल्मको काठमाडौं छायांकनपछि प्याकअप हुनेछ।

एक्सन(लभस्टोरी कथामा बनेको फिल्ममा कुन्दन भारद्वाज, अनुजा लेप्चा, सुनिल थापा, ध्रुव कोइराला, घनश्याम गिरी, रबिन्द्र झा, नन्दु श्रीवास्तव, मौसम पौडेल, प्रदीप ढकाल, लक्ष्मीनाथ तिमल्सिनाको पनि अभिनय रहेको छ। अनुजा इन्टरटेनमेन्ट र मौसम फिल्म्स प्रोडक्सन हाउसले निर्माणमा सहकार्य गरेको फिल्मको कथा निराजन मेहता मन्जिलको हो।

मिना खड्का र हिराबहादुर लेप्चा फिल्मका निर्माता हुन् फिल्मको कार्यकारी निर्मातामा कुलमान लेप्चा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .