कला


चलचित्र ऐन पास नहुँदा चलचित्र क्षेत्र अघि बढ्न सकेन : भुवन केसी

चलचित्र ऐन पास नहुँदा चलचित्र क्षेत्र अघि बढ्न सकेन : भुवन केसी

नेपालखबर
फागुन ६, २०८० आइतबार १८:५५, काठमाडौँ

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र क्षेत्र अघि बढ्न नसक्नुको कारण चलचित्र ऐन पास नहुनु रहेको बताएका छन्।

आइतवारबाट मकवानपुरमा शुरु भएको प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशाला उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले अहिलेसम्म चलचित्र क्षेत्र विकास हुन नसक्नुको जड चलचित्र ऐन पारित नहुनु रहेको बताए।

उनले अहिले विकास बोर्डले विभिन्न समस्या केलाएर चलचित्र ऐनको अन्तिम ड्राफ्ट तयार पारेको बताए। उनले पहिला पनि मन्त्रालयमा ऐन पठाइएकोमा चलचित्रको स्वायत्तताको विषयमा काटिएर आएका कारण पुनः पठाउने तयारी गरेको बताए। उनले नयाँ ड्राफ्टमा स्वायत्तताको मागलाई प्राथमिकतामा राखिएको जिकिर गरे।

उनले भने, ‘चलचित्र विकास बोर्डमा म गएको दिनदेखि मैले महशुस गरेको कुरा के हो भने चलचित्र क्षेत्र धेरै अगाडि बढिसक्नुपर्ने थियो। त्यो अहिलेसम्म अगाडि बढ्न नसक्नुको जड कारण मैले बुझेको अहिलेसम्म चलचित्र ऐन पास नहुनु नै मुख्य कारण हो। किनभने त्यो ऐनभित्र विभिन्न समस्याहरुको समाधान त्यसमा खोजिएको छ।’

अध्यक्ष केसीले चलचित्र विकास बोर्डलाई दिइएका अधिकार प्रयोग गरेर राम्रो कामहरु अघि बढाइरहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .