कला


अम्बानीका छोराको प्रि-वेडिङमा तीन खानले 'नाटु नाटु'को हुक स्टेप गर्न नसकेपछि (भिडिओ)

अम्बानीका छोराको प्रि-वेडिङमा तीन खानले 'नाटु नाटु'को हुक स्टेप गर्न नसकेपछि (भिडिओ)

नेपालखबर
फागुन २०, २०८० आइतबार १३:४२, काठमाडौँ

विश्वकै धनाढ्यमध्येका एक मुकेश अम्बानीका छोरा अनन्त अम्बानीले आगामी जुलाई १२ मा राधिका मर्चेन्टसँग बिहे गर्दे छन्।

तर मार्च १ मै उनीहरुको प्रि-वेडिङ समारोह सुरु भइसकेको छ। जुन समारोहमा भारतीय कलाकारहरुको समेत बाक्लो उपस्थिति छ।

जहाँ तीन खान अर्थात् सलमान खान, शाहरुख खान र आमिर खान पनि एकसाथ देखिए। उनीहरुले अनन्त र राधिकाको पार्टीमा डान्ससमेत गरे।

जुन नृत्य अन्य सेलिब्रेटीको भन्दा फरक थियो। एक स्टेजमा तीनै खानले पहिलोपटक फिल्म 'आरआरआर' को अस्कर विजेता गीत 'नाटु नाटु' मा नाच्ने कोसिस गरे। तर, उनीहरुले हुक स्टेप गर्न सकेनन्। त्यसपछि उनीहरु आफ्नै पारामा नाचे। जसको फनी भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

भिडिओमा तीनै खान पहिले नाटु नाटुको हुक स्टेप गर्न एकसाथ आउँछन्। सलमान र आमिरले स्टेप राम्रोसँग गर्दैनन्। शाहरुखले दुवैलाई डान्सको स्टेप मिलेन भन्छन्। तर, सलमान खान रमाइलो तरिकाले सिग्नेचर तौलिया स्टेप गर्छन्।

सलमान खान मात्र नभएर आमिर खानले पनि यी दुवैसँग हुक स्टेप गरेका थिए। त्यसपछि शाहरुखले आफ्नो हुक स्टेप गरे।

अन्तमा, तीनै जनाले नाटु-नाटुको दोस्रो सिग्नेचर स्टेप धेरै राम्रोसँग गरे। उनीहरुको यो भिडिओ सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .