कला


समीक्षाको पूजालक्षित कटाक्ष : ‘बहुरुपी औरत’

समीक्षाको पूजालक्षित कटाक्ष : ‘बहुरुपी औरत’

नेपालखबर
फागुन २३, २०८० बुधबार १७:८, काठमाडौँ

२ वर्षअघि पूजा शर्माको फिल्म ‘म यस्तो गीत २’ रिलिज हुने तरखरमा थियो।

तर, प्रिमियरको दिन मुख्य अभिनेता पल शाहविरुद्ध उजुरी दर्ता भएपछि उनी उपस्थित भएनन्। पल उपस्थित नहुँदा त्यसदिन पूजा निकै रोएकी थिइन्।

प्रिमियरमा मात्रै होइन् फिल्म रिलिज भएपछि पनि पूजाले हल हलमा पुगेर पललाई सम्झिँदै रुवावासी गरिन्। पल जेल परेपछि उनले पलको पक्षमा निकै बयान दिएकी थिइन्।

तर, जेलबाट छुटेपछि पल पूजासँग भेट्न गएनन्। जसकारण पूजा पलसँग चिढिएकी थिइन्।

त्यसैताका पलसँग असन्तुष्ट बनेकी पूजा गायिका समीक्षा अधिकारीसँग नजिकिइन्। उनीसँग टिकटक भिडिओ समेत बनाएकी थिइन्।

केहीदिनअघि पल र पूजाको मिलन भइसकेको छ। पलको बारेमा पूजाले पुनः प्रशंसा गर्न थालेपछि समीक्षाले पूजालक्षित स्टाट्स लेखेकी हुन्।

‘अस्ति सिनेमा चलाउन रोएको नाटक गरेऊ। हिजो उसैलाई नानाथरी भन्दै मेरो पाउ परेऊ। आज फेरि आफ्नो फाइदाको लागि उतै तिर चाकडी गर्दै रहेछौँ। बहुरुपी औरत’ समीक्षाले फेसबुकमा लेखेकी छिन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .