कला


निफमा ‘वाइल्ड स्वान’ले जित्यो गौतम बुद्ध अवार्ड, विपिन र सुरक्षा उत्कृष्ट अभिनेता/अभिनेत्री

निफमा ‘वाइल्ड स्वान’ले जित्यो गौतम बुद्ध अवार्ड, विपिन र सुरक्षा उत्कृष्ट अभिनेता/अभिनेत्री

नेपालखबर
चैत ५, २०८० सोमबार २२:१२, काठमाडौँ

नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) को सातौं संस्करणमा अन्तर्राष्ट्रिय फिचर फिल्मतर्फ भारतीय फिल्म ‘वाइल्ड स्वान’ उत्कृष्ट घोषित भएको छ। यस फिल्मले गौतम बुद्ध अवार्डको ट्रफीसहित १५ सय अमेरिकी डलर हात पारेको हो।

अन्तर्राष्ट्रिय डकुमेन्ट्रीतर्फ ‘लभ लाइट’ले ‘माउन्ट एभरेस्ट’ अवार्ड जित्दा ‘आइ प्रमिस यू प्याराडाइज’ले उत्कृष्ट अन्तर्राष्ट्रिय लघु फिल्मको विधामा बागमति अवार्ड प्राप्त गरेको छ। त्यसैगरी, चिनियाँ फिम ‘द ट्रेकर, द वुल्फ एण्ड द मंकी किङ्ग’ले जुरी स्पेशल मेन्सन अवार्ड जितेको छ। ‘लाजरस पाथ’ ले डन किहोटे उत्कृष्ट अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको छ।

नेपाली फिचर फिल्म ‘बुलाकी’ले उत्कृष्ट राष्ट्रिय फिचर फिल्मतर्फ अवार्ड जितेको छ। यसै फिल्मबाट लक्षमण सुनार  उत्कृष्ट निर्देशक घोषित भए।

त्यस्तै, ‘बुलाकी’बाट सुरक्षा पन्तले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन। विपिन कार्की पनि ‘एक भागवत एक गीता’बाट उत्कृष्ट अभिनेतको अवार्ड उचाले।

राष्ट्रिय लघु फिल्म र डकुमेन्ट्रीतर्फको अडियन्स चोइस अवार्ड ‘अर्केस्ट्रा’बाट निर्देशक सफल पाण्डेले हात पारे। त्यस्तै, फिचर फिल्मतर्फको अडियन्स चोइस अवार्ड भने ‘पखेटा’ले जित्यो ।

उत्कृष्ट राष्ट्रिय लघु फिल्म ‘एट एनोदर विन्टर’ले जितेको छ भने ‘ऐके शेर्पा उत्कृष्ट डकुमेन्ट्री’तर्फ इनुमा राईले अवार्ड जित्न सफल भइन।

राजेश श्रेष्ठ र संकल्प भुजेलले ‘एक भागवत एक गीता’बाट उत्कृष्ट सिनिमेटोग्राफीतर्फ अवार्ड जिते। फिचर फिल्मबाटै उत्कृष्ट पटकथातर्फ ‘डेसान’ ले अवार्ड जित्न सफल भयो।

चैत १ गतेदेखि ५ गतेसम्म चलेको निफमा ४० देशका ८८ फिल्म र डकुमेन्ट्री देखाइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .