कला


‘मनसरा’ को टिजरमा विवाहेतर प्रेमसम्बन्धको कथा

‘मनसरा’ को टिजरमा विवाहेतर प्रेमसम्बन्धको कथा

नेपालखबर
चैत ८, २०८० बिहिबार १७:४९, काठमाडौँ

उपेन्द्र सुब्बा निर्देशित फिल्म ‍‘मनसरा’ को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरमा अन्तरजातीय सम्बन्धको कथावस्तु समेटिएको छ।

फिल्मका मुख्य पात्र प्रवीण खतिवडा, मिरुना मगर, मेनुका प्रधान र दयाहाङ राईलाई टिजरमा देख्न सकिन्छ। प्रवीण ब्राहमण समुदायका हुन्छन् भने मिरुना लिम्बु। घरमा श्रीमती भएतापनि प्रवीण मिरुनाप्रति आकर्षित भएको कथावरिपरि टिजर घुमेको छ।

सामाजिक कथावस्तुमाथि निर्माण गरिएको फिल्मले विवाहेतर प्रेमसम्बन्धलाई समेटेको अनुमान लगाउन सकिन्छ। यस फिल्मको कथा निर्देशक सुब्बाले नै फिल्मको कथा लेखेका हुन्।

फिल्मका निर्माता छायाँकार शैलेन्द्र ध्वज कार्की हुन्। सिजन दाहाल कार्यकारी निर्माता रहेको सिनेमामा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक छन्। यो फिल्म आगामी वैशाख २१ गतेबाट रिलिज हुँदैछ।

यसअघि सुब्बाले फिल्म ‘जारी’ बाट निर्देशनमा डेब्यु गरेका थिए। मिरुना र दयाहाङको मुख्य भूमिका रहेको यो फिल्म बक्सअफिसमा हिट भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .