कला


अभिनेत्री नोरा फतेही भन्छिन्ः मेरो सोच बदलियो, अब बिहे गरेर बस्न चाहन्छु

अभिनेत्री नोरा फतेही भन्छिन्ः मेरो सोच बदलियो, अब बिहे गरेर बस्न चाहन्छु

नेपालखबर
चैत २७, २०८० मंगलबार ८:५६, काठमाडौँ

बलिउड अभिनेत्री नोरा फतेहीले बिहे गर्ने इच्छा व्यक्त गरेकी छन्। 

हालै एक अन्तर्वातामा उनले अहिले आफू अहिले एउटा सुन्दर र इमान्दार जीवनसाथीको खोजीमा रहेको बताएकी हुन्। 

‘पहिलेभन्दा यतिबेला मेरो सोच्ने तरिका पूर्ण रूपमा बदलिएको छ। प्रेम र विवाहको विषयमा मेरो धेरै पुरानो धारणा छ’, उनले भनेकी छन्, ‘म पनि बिहे गरेर बस्न चाहन्छु।’

उनले जीवनसाथी धनीभन्दा आफूलाई माया गर्ने खालको हुनुपर्नेमा जोड दिएकी छन्। 

‘म भगवानमा विश्वास गर्ने जीवनसाथीको खोजीमा छु। मेरा लागि पैसा पछिको कुरा हो, त्यो भन्दा पहिले मानिस मनको राम्रो हुनु महत्वपूर्ण छ’, उनले भनेकी छन्, ‘आजको संसारमा धेरै स्वार्थी मानिस छन्, जो तपाईंबाट फाइदा लिन चाहन्छन्। तिनीहरू केही वर्ष तपाईंसँग बस्छन्, फाइदा उठाउँछन् र छाड्छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .