ad ad

कला


‘होस्टेल’ को तेस्रो शृंखला बन्ने

‘होस्टेल’ को तेस्रो शृंखला बन्ने

नेपालखबर
बैशाख ६, २०८१ बिहिबार १६:४०, काठमाडौँ

हिट फिल्म ‘होस्टेल’ को तेस्रो शृंखला बन्ने भएको छ। निर्माण टिमले पोस्टर सार्वजनिक गर्देँ ‘होस्टेल ३’ बनाउने घोषणा गरेको हो। होस्टेलको दोस्रो भाग रिलिज भएको आठवर्षपछि तेस्रो शृंखला निर्माण हुन लागेको हो।

यसपटकको होस्टेललाई सशान कंडेलले निर्देशन गर्नेछन्। निर्देशक कंडेलकै कथा रहेको फिल्मको स्क्रिप्ट माधव शर्माले लेखेका हुन्। फिल्मको निर्मातामा भने शिशिर ज्ञवाली निर्माता रहेका छन्।

यसअघिका सिरिज भने सुनिल रावलले निर्माण गरेका थिए। 

सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा यो फिल्म बन्नेछ। फिल्मको कार्यकारी निर्मातामा शंकर कोइराला, सह निर्मातामा सुधा मरहट्ठा, सुरेश कंडेल र अर्जुन सापकोटा छन्।

यस सिरिजमा होस्टेलमा बसेर अध्यनन गरिरहेका टिनेजरको कथालाई समेटिनेछ। पहिलो पटक निर्देशनमा डेब्यु गर्न लागेका उनी डेढ दशकदेखि गायन र भिडिओ निर्देशनमा सक्रिय छन्। यस वर्षको अन्त्यतिर रिलिज गर्ने लक्ष्य रहेको छ।

होस्टेलका दुबै शृंखलाबाट डेब्यु गरेका कलाकारहरु फिल्मक्षेत्रमा स्थापित छन्। २०७० मा रिलिज भएको ‘होस्टेल’ बाट अनमोल केसी, प्रकृति श्रेष्ठ, सलोन बस्नेत लगायतले डेब्यु गरेका थिए। त्यस्तै, २०७२ मा रिलिज भएको होस्टेल रिर्टन्सबाट पनि स्वस्तिमा खड्का सुशील श्रेष्ठ, नाजिर हुसेन शुशील सिटौला देखिएका थिए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .