कला


‘मनसरा’को प्रिमियर शो, प्रवीण खतिवडाले बटुले तारिफ

‘मनसरा’को प्रिमियर शो, प्रवीण खतिवडाले बटुले तारिफ

नेपालखबर
बैशाख २०, २०८१ बिहिबार १२:२९, काठमाडौँ

भोलि शुक्रबारबाट प्रदर्शन हुने फिल्म ‘मनसरा’ प्रिमियर शो सम्पन्न भएको छ। बुधबार ललितपुरको लविम मलस्थित क्युएफएक्स हलमा गरिएको प्रिमियर शोमा फिल्मलाई सकरात्मक प्रतिक्रिया मिलेको छ।

प्रिमियर शोमा कलाकारहरूको बाक्लो उपस्थिति थियो। निश्चल बस्नेत, प्रदीप भट्टराई, दीपेन्द्र लामा, अशोक शर्मा, रवीन्द्र सिंह बानिया, कवि विप्लप प्रतिक, गायक तथा संगीतकार कालि प्रसाद बास्कोटा, अभिनेता खगेन्द्र लामिछाने, अभिनेत्री सुरक्षा पन्त, मलिका महत लगायत फिल्म हेर्न पुगेका थिए।

निर्देशक निश्चल बस्नेतले सबै कलाकारको काम उत्कृष्ट लागेको बताए। ‘मनसरा त्यो भन्दा अझ उत्कृष्ट र परिस्कृत बनेको छ। एक पटक सम्पुर्ण दर्शकलाई यो सिनेमा हेर्न अनुरोध गर्छु। उहाँले नेपाली सिनेमामा साहित्य जरुरी छ है भन्ने प्रमाणित गरिदिनु भयो’, बस्नेतले भने।

अभिनेत्री सुरक्षा पन्तले मनसरा हेर्दा आनन्द आएको बताइन्। ‘उपेन्द्र दाई माया कसरी बुझ्नु हुन्छ भन्ने प्रश्न सोध्न मन लाग्छ। तपाईले माया कसरी बुझ्नु भयो त्यो पनि सजिलो प्रेम होइन। यस्तो सिरियस प्रेम, समाजमा पाच्य नहुने अथवा हामीलाई पश्न गरिरहने प्रेम सम्बन्धलाई पनि साधारण र पोयट्रीक माध्यमबाट प्रस्तुत गर्न सफल हुनु भएको छ। एक पटक यो सिनेमा हलमा पुगेर सवै दर्शकले हेनु हुन्छ भन्ने अपेक्षा छ।’

अभिनेता खगेन्द्र लामिछानेले पनि फिल्म निकै मन परेको बताए। निर्देशक प्रदीप भट्टराईले पनि फिल्म फरक फरक आउनु पर्ने र त्यही फरक फिल्ममध्ये एक ‘मनसरा’ भएको बताए।

प्रिमियरमा सम्पुर्णले निर्देशक सुब्बासँगै अभिनेता प्रवीन खतिवडाको अभिनयको तारिफ गरे। यो सिनेमा पश्चात प्रवीन खतिवडाको करियरले फड्को मार्ने धेरैको विश्लेषण छ। अभिनेत्री मिरुना मगर, मेनुका प्रधानलाई समेत प्रशंसा मिलेको थियो। अभिनेता दयाहाङ राईलाई फिल्ममा आवश्यता अनुसार नै ठाउँ दिएको प्रतिक्रिया धेरैको थियो।

उपेन्द्र सुब्बाको लेखन रहेको फिल्मका फिल्मका निर्माता छायाँकार शैलेन्द्र ध्वज कार्की हुन्। सिजन दाहाल कार्यकारी निर्माता रहेको सिनेमामा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .