मलिका महतको मुख्य भूमिका रहेको फिल्म ‘सतीदेवी’ प्रदर्शन मिति तय भएको छ। लक्ष्मण सुवेदी निर्देशित यो फिल्म आगामी साउन ४ गतेबाट रिलिज हुनेछ।
रिलिजअगावै थुप्रै अवार्ड जितिसकेको यो फिल्म दिलासा र साराको ब्यानरमा निर्माण भएको भएको हो। फिल्ममा सुवेदीकै निर्माण र लेखन छ।
सामाजिक कथामा निर्माण भएको चलचित्रले देशमा जति नै परिवर्तन आए पनि परिवर्तित हुन नसकेको महिलाको कथालाई विषय बनाएको छ।
बाबुछोरीको कथासमेत देखाएको चलचित्रले समाजमा हुने छोराको चाहना, छोरीको महत्त्वलगायतको विषयसमेत देखाउने निर्देशक सुवेदीले बताए।
फिल्ममा मलिकाका साथै भोलाराज सापकोटा, कुलदीप अधिकारी, हर्षिका वली, रमेश बुढाथोकी, सन्दीपबाबु लोहनी र मनिषा सापकोटाको पनि अभिनय छ।
3
Shares
प्रतिक्रिया