कला


‘द स्पिकिङ्ग टाइटन’को घोषणा, दिलभुषणदेखि माल्भिकासम्म निर्णायक

‘द स्पिकिङ्ग टाइटन’को घोषणा, दिलभुषणदेखि माल्भिकासम्म निर्णायक

नेपालखबर
बैशाख २५, २०८१ मंगलबार २०:२६, काठमाडौँ

बोल्ने र बोल्न चाहने प्रतिभाहरूलाई स्थान दिने हेतुले रियालिटी शो ‘द स्पिकिङ्ग टाइटन’को घोषणा गरिएको छ। मंगलवार एक कार्यक्रमकाबीच उक्त शोको औपचारिक घोषणा गरिएको हो।

औपचारिक घोषणासँगै कार्यक्रमका लागि डिजिटल अडिसन समेत खुलाइएको छ।

डिजिटल तथा फिजिकल दुवै माध्यमबाट अडिसन लिइने ‘द स्पिकिङ्ग टाइटन’ मा सहभागी हुनका लागि दामी म्यूजिक एप र दामीमिडियाडटकम मार्फत प्रतियोगीले आफ्नो प्रस्तुतिको भिडिओ पठाउन सक्नेछन्।

साथै ‘द स्पिकिङ्ग टाइटन’ को आधिकारिक फेसबुक पेज र आधिकारिक वाट्सएप ९८४३९५०३८२ मार्फत पनि आफ्नो ३ मिनेटको कुनै एक टपिकमा भिडिओ बनाई पठाउन सक्नेछन्।

प्रतियोगिताको लागि विश्वभरबाट नेपाली भाषीले सहभागिता जनाउन सकिने जनाइएको छ। प्रतियोगीको उमेर कम्तीमा १५ वर्षको हुनुपर्ने, स्वतःस्फूर्त रूपमा बोल्न सक्ने क्षमतावान् हुनुपर्नेछ। त्यसपछि जज राउन्डबाट उत्कृष्ट प्रतियोगी चयन गरी फिजिकल अडिसनका लागि निमन्त्रणा गरिने आयोजकले जनाएको छ।

‘द स्पिकिङ्ग टाइटन’मा निर्णायकको रूपमा दिलभूषण पाठक, माल्भिका सुब्बा र रञ्जित आचार्य रहने जानकारी गराइएको थियो भने कार्यक्रम सञ्चालक तथा मेन्टरको रूपमा सौनक भट्ट रहने भएका छन्।

दामी मिडियाको प्रस्तुति रहेको ‘द स्पिकिङ्ग टाइटन’को कन्सेप्ट तथा डिजाइन सुदिप पोख्रेलले गरेका हुन् भने डिजाइन पार्टनरको रूपमा टौवा स्टुडियो रहेको छ। कार्यक्रमलाई डन डिरेक्टरको छवि बनाई सकेका प्रसिद्ध निर्देशक अमन प्रताप अधिकारीले निर्देशन गर्ने भएका छन्।

‘द स्पिकिङ्ग टाइटनुको ब्रोड्कास्टिङ्ग पार्ट्नरको रूपमा टेलिभिजन तर्फ प्राइम टेलिभिजन तथा डिजिटलतर्फ ओएसआर रियालिटी र दामी म्युजिक रहेको छ। कार्यक्रम जेठको अन्तिम साताबाट टेलिभिजनमा प्रशारण गरिने निर्माण पक्षले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .