ad ad

कला


‘होस्टेल ३’को मुख्य भूमिकामा रिहान, पदम र सिम्रन अनुबन्धित

‘होस्टेल ३’को मुख्य भूमिकामा रिहान, पदम र सिम्रन अनुबन्धित

नेपालखबर
जेठ २२, २०८१ मंगलबार १९:५४, काठमाडौँ

फिल्म ‘होस्टेल ३’को मुख्य भूमिकामा रिहान गिरी, पदम तामाङ र सिम्रन पन्त अनुबन्धित भएका छ्न। यसअघि प्रमुख भूमिकामा ‘भिडियो कन्टेन्ट कृयटर’को रूपमा चर्चित ‘कुल ब्वाय’ अर्थात् पारस बम अनुबन्धित भएका थिए।

यी चार कलाकारसँगै यो चलचित्रको लाइनअप पुरा हुने क्रममा रहेको निर्देशक सशान कँडेलले बताए। कँडेलका अनुसार प्रमुख भूमिकामा अझै दुई कलाकार आवश्यक छ।

यही चलचित्रबाट डेब्यु गर्न लागेका रिहान गिरी भुटानका नागरिक हुन्। उनी नेपाली गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’को चौथो संस्करणको टप १० फाइनलिस्ट समेत हुन्। उनले यसअघि एक चलचित्रमा अभिनय गर्ने तय भएको तर प्रवेशाज्ञा (भिसा)को समय सीमाको कारण काम गर्न पाएका थिएनन्।

रिहान यो चलचित्रको प्रमुख पात्र मध्ये एक सशक्त भूमिकामा अनुबन्धित गरेको निर्देशक कँडेलले बताए। रिहानलाई नै यो भूमिकामा लिनुको पछाडि विभिन्न कारणहरू रहेको जसमा प्रमुख कारण स्क्रिप्टले मागेको चरित्र रहेको उनले बताए।

 पदम तामाङ भारतको सिक्किमका स्थायी बासिन्दा हुन्। उनी सिक्किममा बहुचर्चित कमेडी कलाकार हुन् जो नेपालको पूर्वी क्षेत्रमा समेत अत्यन्तै चर्चित रहेका छन्। सोसल मिडियामा चर्चित रहेका उनका लाखौँ 'फ्यान' रहेका छन्।

‘होस्टेल ३’को स्क्रिप्ट अनुसार मंगोलियन पात्रको जरुरत परेकोमा हामीले बहुपक्ष विचार गरी पदमलाई प्रस्ताव गरेको निर्देशक कँडेलले सुनाए।

चलचित्रमा सशक्त भूमिकामा देखिन लागेकी सिम्रन पन्तले मुम्बई र नेपालमा अभिनय प्रशिक्षण लिएकी छन्। उनको लक्ष्य चलचित्र नै भएता पनि 'स्क्रिन टेस्ट' र अभिनयको निखरताको लागि केही म्युजिक भिडिओ र एक दर्जन विज्ञापनमा अभिनय गरेकी छन्। नयाँ तर सशक्त अभिनय गर्न सक्ने र चलचित्रको लागि पात्र सुहाउँदो नायिकाको जरुरत रहेकोमा सिम्रनको लगाव र काम हेरेर यस चलचित्रमा लिएको निर्देशकको भनाई छ।

निर्देशक कँडेलले यस चलचत्रमा होस्टेलमा बसेर अध्ययन गरिरहेका टिनेजर र उनीहरूको भविष्यका घटनाहरूमा आधारित रहने बताए।

'होस्टेल ३’को लागि माधव शर्माले स्क्रिप्ट लेखेका छन्। यसको कथा भने निर्देशक कँडेलले नै लेखेका हुन्। ‘होस्टेल ३’लाई भने सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा बनाउँदै छ।  शिशिर ज्ञवाली निर्माता रहेक फिल्मको कार्यकारी निर्माता शङ्कर कोइराला हुन्।

यस वर्षको अन्त्यतिर ‘होस्टेल ३’को रिलिज लक्ष्य राखी काम अघि बढेको निर्देशकले बताए।

‘होस्टेल’ चलचित्र शृङ्खला स्टारहरू जन्माउनेको रूपमा चिनिन्छ। ‘होस्टेल’बाट अनमोल केसी, सलोन बस्नेत, प्रकृति श्रेष्ठ लगायतका कलाकारहरूले डेब्यु गरेका थिए।

त्यस्तै, ‘होस्टेल रिटर्न्स’बाट स्वस्तिमा खड्का, सुशील श्रेष्ठ, नजिर हुसेन, सुशील सिटौला लगायतका कलाकारहरूले डेब्यु गरेका थिए। उनीहरू सबै नेपाली चलचित्रका सफल कलाकारहरू बनिसकेका छन्। वि.सं. २०७० सालमा रिलिज भएको ‘होस्टेल’ र २०७२ मा रिलिज भएको ‘होस्टेल रिटर्न्स' बक्स अफिसमा सफल फिल्म हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .