ad ad

कला


‘जेरी अन टप’मा पहिलोपटक अनमोलसँग देखिँदै आँचल

‘जेरी अन टप’मा पहिलोपटक अनमोलसँग देखिँदै आँचल

नेपालखबर
जेठ २५, २०८१ शुक्रबार १३:४५, काठमाडौँ

फिल्म ‘जेरी अन टप’ मा अभिनेत्री आँचल शर्मा अनुबन्धित भएकी छिन्। फिल्मको मुख्य भूमिकाको लागि आँचल पक्का भएको निर्माता सरोज न्यौपानेले जानकारी दिए। 

‘जेरी अन टप आँचल शर्मा देखिने पक्का भएको छ। हालै उहाँसँग फिल्मबारे सम्झौता भएको हो,’न्यौपानेले नेपालखबरसँग भने।  

उनका अनुसार फिल्मको सुटिङ भने असार १० गतेबाट सुरु हुनेछ। फिल्मलाई नेपालसहित अस्ट्रेलियामा पनि खिचिनेछ। 

यसअघि फिल्मको मुख्य भूमिकामा अनमोल केसी र आना शर्मा अनुबन्धित भइसकेका छन्। जेरीको दोस्रो पार्टमा आँचलले पहिलोपटक अनमोलसँग स्क्रिन सेयर गर्नेछिन्। 

यस फिल्मलाई हलमा प्रदर्शनरत फिल्म ‘फर्की फर्की’ का निर्देशक सुयोग गुरुङले निर्देशन गर्नेछन्। यसअघि भने हेमराज विसीले निर्देशन गर्ने तय भएको थियो। तर, उनी अमेरिका गएपछि सुयोगको प्रवेश भएको हो।

यो फिल्म सन् २०१४ मा रिलिज भएको फिल्म ‘जेरी’को दोस्रो श्रृंखला हो। अनमोल र आनाको मुख्य भूमिका रहेको यो फिल्म बक्सअफिसमा हिट भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .