बलिउड अभिनेत्री अमीषा पटेलले आज आफ्नो ४९औँ जन्मदिन मनाइरहेकी छन्।
सन् २००२ मा फिल्म ‘कहो ना प्यार है’बाट डेब्यु गरेकी अमीषाले गत वर्ष ‘गदर २’मार्फत ठूलो पर्दामा सशक्त पुनरागमन गरिन्।
यो फिल्मले कमाइका धेरै रेकर्ड तोड्यो र ५०० करोडभन्दा बढीको व्यापार गर्यो।
यसैबीच आज उनको जन्मदिनमा कसरी उनको नाम अमीषा रहन गयो भन्ने विषयमा चर्चा गर्नु सान्दर्भिक हुन्छ।
भारतीय सञ्चारमाध्यमका अनुसार आमाबुवाको नाम जोडेर अमीषाको नाम राखिएको हो।
उनका बाबुको नाम अमित र आमाको नाम आशा हो।
अमितबाट ‘अमि’ र आशाबाट शा लिएर मालुमी नाम परिवर्तन गरी अमीषा राखिएको हो।
471
Shares
प्रतिक्रिया