ad ad

कला


प्रधानमन्त्रीले करण परियारलाई दिए गितार उपहार (तस्बिर)

प्रधानमन्त्रीले करण परियारलाई दिए गितार उपहार (तस्बिर)

नेपालखबर
असार १२, २०८१ बुधबार ८:५१, काठमाडौँ

गायन रियालिटी शो ‘नेपाल आइडल सिजन ५’ का विजेता करण परियारलाई बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा बोलाएर बधाई दिएका छन्।

त्यसक्रममा प्रधानमन्त्री प्रचण्डले परियारलाई गितार उपहार पनि दिएका छन्।

करणलाई बधाई दिँदै प्रधानमन्त्रीले खेल र संगीतका खास खास इभेन्ट आफूले हेर्ने गरेको बताए। ‘युवा पुस्ताका हरेक सुखदुःखमा म साथमै छु,’ उनले भने।

प्रधानमन्त्रीले करणको सांगितिक क्षेत्रमा आफूले निकै राम्रो सम्भावना र भविष्य देखेको बताए। 

‘यो क्षेत्रमा तपाईँको निकै राम्रो सम्भावना र भविष्य छ। निरन्तर साधनामार्फत् तपाईँले देशकै प्रतिष्ठा बढाउन मेहेनत गर्ने विश्वास मैले लिएको छ,’ करणलाई बधाई दिँदै प्रचण्डले भने। 

हेर्नुहाेस् तस्बिर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .