सुशील श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘आउट-लः दफा २१९’ फस्टलुक सार्वजनिक भएसँगै चर्चामा छ।
असोजको ३ गतेबाट रिलिज हुने यस फिल्मको केही दिनमै टिजर आउँदैछ।
यसैबीच, निर्माणटिमले सुशीलका केही तस्विरहरु सार्वजनिक गरेको छ। तस्विरमा सुशील नेपाल आर्मीले प्रयोग गर्ने हेलिकप्टरमा देखिन्छन्। जसले सुशीलको नेपाल आर्मीसँग कस्तो कनेक्शन होला भन्ने कौतहलता पैदा गर्छ।
फिल्मको टिमले त्रिभुवन विमानस्थलमा रहेको नेपाल आर्मीको हेलिकप्टर पार्किङ एरियामै फिल्मको सुटिङ गरेको छ।
अमित अग्रहरीको निर्माणमा तयार भएको यस फिल्ममा विक्की महर्जनको निर्देशन रहेको छ। विक्की महर्जनकै लेखन रहेको यो फिल्ममा सुशीलसहित नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुन लगायतको पनि अभिनय छ।
विनोद कडायत र सशांक खड्का कार्यकारी निर्माता रहेको फिल्ममा विकास चौधरी सह–निर्माताको रुपमा छन्। नविन गुरुङको डीओपी रहेको यो फिल्ममा साहिल खानको सम्पादन छ।
चुल्ठे काजीको एक्सन रहेको फिल्मका प्रोडक्शन म्यानेजर ईश्वर घिमिरे हुन्। यो फिल्मलाई नेपालभर डीसीएनले वितरण गर्नेछ।
Shares
प्रतिक्रिया