‘हीरामन्डी’मा मनीषा कोइरालासँगै देखिएकी बलिउड अभिनेत्री सन्जिदा शेख नेपाल आउने भएकी छन्।
यही साउन २६ मा काठमाडौँको गैरीधाराको एलिसमा ट्रुडर्मा ब्रान्डको ‘ट्रु स्किन ब्रान्ड’ लन्च गर्न यहाँ आउने भएकी हुन्।
ट्रुडर्मा ब्रान्डका निर्देशक सुशान्त मुरारकाले ट्रु स्किन ब्रान्डका उत्पादन उद्घाटन गर्न सन्जिदा नेपाल आउन लागेको जानकारी दिए।
शेख आफैँले प्रोडक्टको अनावरण गर्नेछिन्। उनले आफ्नो व्यक्तिगत स्किनकेयरको दैनिक रुटिन र ट्रु स्किनको प्रभावकारिताबारे पनि अनुभव साटासाट गर्ने कार्यक्रम छ।
नेपाली ब्रान्ड रहेको ट्रुडर्माले नेपाली सौन्दर्य सामग्री उत्पादन गर्ने गरेको उनले बताए।
60
Shares
प्रतिक्रिया