किताब जात्रा २०८१ को छैटौँ संस्करण आजबाट सुरु भएको छ। दुई दिनसम्म चल्ने महोत्सवको उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले उद्घाटन गरेका हुन्।
आर्मी अफिर्सस क्लब सुन्धारामा सुरु भएको महोत्सवमा कला, साहित्य, संस्कृतिका विभिन्न आयामहरुबारे छलफल हुने आयोजकले जनाएको छ।
महोत्सवको पहिलो दिन दीपक सापकोटाको मध्यस्थतामा लेखकहरु अमर न्यौपाने, राधा पौडेल र विवेक ओझासँग सिर्जनामा सामाजिक चेतनाः हिजो र आज नामको छलफल हुँदैछ।
त्यस्तै, फिल्म निर्देशक मनोज पण्डितको मध्यस्थतामा दिपेन्द्र गौचन, प्रदिप भट्टराई र क्रृचा शर्मासँग सिनेमा मन्थनः नेपाली सिनेमाको सपना शिर्षकमा छलफल हुने आयोजकको भनाइ छ।
30
Shares
प्रतिक्रिया