ad ad

कला


काठमाडौँमा गुञ्जियो कर्णालीको मागल

काठमाडौँमा गुञ्जियो कर्णालीको मागल

नेपालखबर
साउन १९, २०८१ शनिबार १२:२८, काठमाडौँ

कर्णालीबाट आएका मुग्लेलीहरूले काठमाडौँमा मागल गाएका छन् । किताब जात्राको अन्तिम दिनको सुरुवात गर्दै उनीहरूले मागल गाए।

कर्णाली क्षेत्रमा विभिन्न स्थान र समयमा गाइँदै अएका विभिन्न संस्कृतिहरूमध्ये मंगल कार्यको सुरुवातमा लयमा गाइने शब्द मागल हो। 

जुम्ली भाषामा गाइने मागलको सुरूवातमा ‘कस्तो देखिन्छ दियो, कस्ते देखिन्छ बत्ती सुन जस्तो देखिन्छ’ भन्ने भाव हुने अभियन्ता तथा लेखक माधव चौलागाईले बताए।

उनका अनुसार मागल भनेको कर्णालीको लोक वेद हो।

जुम्लाबाट आएका पाँच मुग्लेलीमा नारायणी आचार्य, रमा चौलागाईं, लक्ष्मी पाण्डे, दुर्गा स्वार र शोभा उपाध्याय थिए। उनीहरूले मञ्चबाटै छोटो मागल गाउँदै जुम्ला घुम्न निमन्त्रणासमेत दिए।

त्यस्तै, संगम श्रुति ब्यान्डका कलाकारहरूले सोलो मादल, स्ट्रयान्डिङ सितार बजाएर समेत महेत्सवमा आउने अवलोकनकर्ताहरूको ध्यान खिचे।

महोत्सवको दोस्रो तथा अन्तिम नेपाली साहित्यमा समीक्षकको उपस्थिति, मूलधारबाट सधैँ उपेक्षामा कला, हास्य विधाः शक्ति र चुनौती, सञ्चारका सारथिलगायत विषयमा छलफल हुँदै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .