ad ad

कला


राजेश हमाल कमब्याक गर्ने फिल्मको शीर्षक फाइनल

राजेश हमाल कमब्याक गर्ने फिल्मको शीर्षक फाइनल

नेपालखबर
साउन २४, २०८१ बिहिबार १३:४३, काठमाडौँ

राजेश हमाल कमब्याक गर्ने फिल्मको शीर्षक फाइनल भएको छ। दिवाकर भट्टराई निर्देशन गर्न लागेको फिल्मको नाम ‘नरसिंहाः अवतार’ राखिएको हो।

पोस्टर सार्वजनिक गर्दैं निर्माण टिमले फिल्मको नाम घोषणा गरेको हो। थिम पोस्टरले युद्धको संकेत गरेको छ। थिम पोस्टरमा रातो र नीलो रङ प्रयोग गरिएको छ। यसले फिल्मको कथा युद्ध र शान्तिको हुने संकेत गरेको छ। साथै पोस्टरमा नरसिंहाको उग्र अवतार छ।

नरसिंहाको अर्थ - भगवान् विष्णुको उग्र अवतार हो। नरसिंह रूप यो दश अवतारमध्ये चौथो अवतार मानिन्छ। नरसिंह नामका अनुसार यस अवतारमा भगवान्‌को आधा पुरुषको र आधा शरीर सिंहको धारण गरेका थिए। दैत्य हिरण्यकश्यपले भगवानसँग तपस्या गरेका थिए र चलाखीपूर्वक वरदान मागेका थिए। त्यसपछि सबै देवताहरूले शिवको शरण लिए र नरसिंहको क्रोध शान्त गर्ने कुरा गर्न थाले। नरसिंहको क्रोध शान्त गर्न शिवले सर्वेश्वरको अवतार लिनु परेको थियो। दुवैबीच १८ दिनसम्म युद्ध चल्यो र १८औँ दिनमा भगवान नरसिंहले थाकेर आफ्नो प्राण त्याग गरेका थिए।

शान्तिका लागि द्वन्द्व हुने थिम पोस्टरले संकेत गरेको यसले पनि चलचित्र द्वन्द्वप्रधान हुने देखाउँछ। आगो र पानीले आफ्नो अस्तित्व एकै ठाउँमा रहेर जोगाउन सक्दैनन्। त्यसैले यो लडाइँमा कसले जित्छ भन्ने हो। त्यसैले यसमा भरपुर एक्सन हुने अनुमान लगाउन सकिन्छ।

महानायक हमाल लामो समयको विश्रामपछि फिचर फिल्ममा अभिनय गर्ने निर्णयमा पुगेका हुन्। यो फिल्मका लागि आइतबार हमालले निर्माण पक्षसँग कागजी सम्झौता पनि गरिसकेका छन्। 

महानायक हमाल ठूलो पर्दामा नदेखिएको आठ वर्षभन्दा धेरै समय भइसकेकाले यो फिल्म उनीसँगै दर्शक दुवैका लागि विशेष हुने पक्का छ। त्यसैले यो फिल्म दर्शक र राजेश दुवैका लागि विशेष हुनेछ।

क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने चलचित्रको जानरा खुलाइए पनि निर्माण पक्षले कथाबारे केही जानकारी गराएको छैन। हमालको अपोजिटमा नायिका को हो, अन्य मुख्य कलाकार को को हुन्, निर्माता को हो भन्नेबारे पनि निर्देशकले केही खुलाएका छैनन्। 

फिल्मको लगानी भने तीन करोडभन्दा माथि हुने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .