ad ad

कला


यस्तो छ ओली-नेपालअभिनित फिल्म ‘नमेटिने घाउ’को ट्रेलर (भिडिओ)

यस्तो छ ओली-नेपालअभिनित फिल्म ‘नमेटिने घाउ’को ट्रेलर (भिडिओ)

नेपालखबर
साउन २५, २०८१ शुक्रबार ९:५५, काठमाडौँ

रमित ढुंगाना निर्देशित फिल्म ‘नमेटिने घाउ’को ट्रेलर सार्वजनिक भएको छ। जसमा तेजाब पीडितहरूको कथा र पीडालाई प्रस्तुत गरिएको छ।

के कारणले युवती वा युवकविरुद्ध एसिड प्रहार हुन्छ? एसिड प्रहार भएपछि पीडितहरूले न्याय पाउन भोग्नुपरेका सास्ती ट्रेलरमा देखाइएको छ। 

फिल्ममा पर्साकी तेजाबपीडित मुस्कान खातुनलगायत मुख्य कलाकार छन्। 

त्यसैगरी विशेष भूमिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसहित पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाही, माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेललाई पनि ट्रेलरमा छन्। 

एसिड आक्रमणविरुद्ध पीडितले न्याय पाउनुपर्ने मागसहित गरेको प्रदर्शनमा यी नेताहरूको समर्थन र योगदान फिल्ममा देखाइएको छ।

तेजाब पीडितहरूको कथामा आधारित यस फिल्मको कथा शिवन अधिकारीले लेखेका हुन्। फिल्ममा खातुनसहित सुरवीर पण्डित, सिम्रन खड्का, इभा गिरी, सुनिल कटुवाललगायतले अभिनय गरेका छन्। 

सत्य घटनामा आधारित यो फिल्ममा एसिड आक्रमणमा परेका ३३ जनाको पीडा समेटिएको ढुंगानाले जानकारी दिए।

रमितकै निर्माण रहेको यो फिल्म भदौ ७ गते रिलिज हुँदै छ।

हेर्नुहोस् ट्रेलर-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .