ad ad

कला


आदिपुरुषको आलोचनाबारे सैफअलीले खोले मुख, भने– धर्मबाट टाढै रहनुपर्छ

आदिपुरुषको आलोचनाबारे सैफअलीले खोले मुख, भने– धर्मबाट टाढै रहनुपर्छ

नेपालखबर
असोज ११, २०८१ शुक्रबार १३:१५, काठमाडौँ

सन् २०२३ मा भारतीय फिल्म ‘आदिपुरुष’ चर्चामा रह्यो। ओम राउत निर्देशित यस फिल्मलाई रिलिजअगावै आलोचना मात्रै मिलेन, चलचित्रको दृश्य, संवाद र पात्रप्रति दर्शकहरुले असन्तुष्टि जनाएका थिए।

यति मात्र होइन, आदिपुरुषमा रावणको भूमिकामा देखिएका भन्दै सैफ अली खान र निर्देशक ओम राउतविरुद्ध एक वकिलले मुद्दा दायर गरेका थिए। र, उनीहरूमाथि धार्मिक भावनामा चोट पुर्‍याएको आरोप लगाएका थिए। 

अब सैफ अली खानले यी विवादहरूमा मुख खोल्दै धर्मसँग सम्बन्धित फिल्मबाट टाढा रहनु राम्रो हुने बताएका छन्। 

सैफ अली खानले आदिपुरुषबाट ठूलो पाठ सिकेका छन्। विवादमा परेपछि उनले धर्मसम्बन्धित फिल्मबाट टाढै रहने निर्णय गरेका हुन्। 

उनले एक अन्तर्वार्तामा भनेका छन्, ‘एउटा मुद्दा थियो र अदालतले केही निर्णय गरेको थियो जसमा एक अभिनेताले पर्दामा जे भन्छन् त्यसको लागि जिम्मेवार हुन्छ। म धेरै मानिसहरूलाई चिन्छु जुन हामी भन्न स्वतन्त्र छैनौँ। हामी सबैले आफूलाई नियन्त्रणमा राख्नु पर्छ, अन्यथा समस्या हुन सक्छ।’ 

सैफ अली खानले धर्मजस्ता विषयमा फिल्म बनाउँदा संवेदनशीलता देखाउनुपर्ने बताए। ‘धर्म जस्ता केही क्षेत्रहरू छन्, जसबाट तपाई टाढा रहनुपर्छ। हामी यहाँ समस्या सिर्जना गर्न आएका होइनौँ।’

सैफले ताण्डव सिरिजलाई लिएर निकै आलोचना भएको बताउँछन्। त्यसले आफ्नो समझलाई थप आकार दिएको उनको भनाइ छ। 

सैफ अली खानको फिल्म देवरा पार्ट १ सेप्टेम्बर २७ मा रिलिज भएको छ। यो फिल्ममा उनले भैराको नेगेटिभ भूमिका निर्वाह गरिरहेका छन्। फिल्ममा जुनियर एनटीआर र जान्हवी कपूर मुख्य भूमिकामा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .