ad ad

कला


लण्डन फिल्म फेस्टिभलमा प्रिमियर हुँदै मिन भामको ‘शाम्बाला’

लण्डन फिल्म फेस्टिभलमा प्रिमियर हुँदै मिन भामको ‘शाम्बाला’

नेपालखबर
असोज ११, २०८१ शुक्रबार १४:४९, काठमाडौँ

मीन भाम निर्देशित फिल्म ‘शाम्बाला’ लण्डन फिल्म फेस्टिभलको ६८ ‍औँ संस्करणमा प्रिमियर हुने भएको छ। बेलायतको प्रतिष्ठित फेस्टिभलमा प्रिमियर हुने यो पहिलो नेपाली फिल्म हुनेछ। 

असोज २९ र ३० गते ९अक्टोबर १५ र १६ ० मा फिल्मको स्क्रिनिङ हुनेछ। 

जसमध्ये ३० गतेको लागि सबै टिकट बिक्री भइसकेका छन्। लण्डन फिल्म फेस्टिभल अक्टोबर ९ देखि २० सम्म चल्नेछ। 

हाल यो फिल्म नेपालका सिनेमाहलमा प्रदर्शनरत भइरहेको छ। फिल्मले दोस्रो सातासम्म २ करोड रुपैयाँ कमाइ गरिसकेको छ। 

बर्लिन फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको यो फिल्म स्विट्जरल्यान्डको लोकार्नोमा स्क्रिनिङ भएको थियो। जहाँ अभिनेत्री थिन्हेले उत्कृष्ट अभिनयका लागि बोक्कलिनो डिओर अवार्ड जितिन्।

‘शाम्बाला’ बर्लिन फिल्म फेस्टिभलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको विधामा छनोट भएको थियो। उक्त फेस्टिभलको विधामा छनोट हुने यो पहिलो नेपाली फिचर फिल्म हो।

भामको दोस्रो निर्देशकीय फिल्म ‘शाम्बाला’मा थिन्लेसहित सोनम तोप्देन मुख्य भूमिकामा छन्।

यस फिल्मले नेपाली पश्चिमी हिमाली क्षेत्रमा प्रचलित बहुपतिप्रथाको कथा छ। फिल्मको कथा निर्देशक भाम र अविनाश विक्रम शाहीले लेखेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .