ad ad

कला


गुरुङ समुदायको कथामा फिल्म ‘जूनकीरी’ बन्ने, सुटिङ असोज १५ देखि

गुरुङ समुदायको कथामा फिल्म ‘जूनकीरी’ बन्ने,  सुटिङ असोज १५ देखि

नेपालखबर
असोज १३, २०८१ आइतबार ११:५५, काठमाडौँ

गुरुङ समुदायको घाँटुको कथामा फिल्म ‘जूनकीरी’  बन्ने भएको छ।

उक्त फिल्म शुक्रबार काठमाडौँमा शुभमूहुर्त गरिएको हो। फिल्मका निर्देशक दीप गुरुङ र कलाकारहरूले क्यामेरामा पूजा गरेर फिल्मको शुभमुहूर्त गरे।

दीप फिल्म्‌स प्रोडक्सनले निर्माण गर्न लागेको फिल्मको सुटिङ असोज १५ देखि हुनेछ। फिल्ममा सुरज तमु र लक्ष्मी गुरुङ मुख्य भूमिकामा छन्। 

सुरजले ऊनको स्विटर, गोर्खा वारियर, एन्जिला, सारंगा, नैनालगायत फिल्ममा अभिनय गरिसकेका छन्। एक दशकदेखि रंगकर्ममा सक्रिय सुरजले  स्कुल, चालिसे भीरलगायत नाटक निर्देशनसहित दुई दर्जन नाटकमा अभिनय गरेका छन्।

यसअघि फिल्म ‘नैना’मा मुख्य भूमिकामा देखिएकी लक्ष्मीको दोस्रो फिल्म हो। फिल्ममा सुरज र लक्ष्मीसँगै माओत्से गुरुङ, अनिल सुब्बा, कविता आले, प्रतिना राई, प्रविन मगर, सुस्मिता गुरुङ, माया गुरुङ, समर्पण श्री र सौजन सेन्ह्याङलगायतका कलाकारले अभिनय गर्नेछन्। 

निर्देशक दीप गुरुङको यो दोस्रो फिल्म हो। उनले यसअघि फिल्म ‘नैना’सहित दर्जनौँ म्युजिक भिडिओ निर्देशन गरिसकेका छन्। 

फिल्ममा काठमाडौँमा संघर्ष गरिरहेको फोटोग्राफरको यात्रा र अनुभूतिको कथा छ।

गुरुङ समुदायको घाँटु नाचको फोटो खिच्न जाँदा हुने घटना र भेटिने सम्बन्धले कथालाई रोचक बनाउने विश्वास निर्माण टिमले लिएको छ।

फिल्ममा भरत राई र सुरज तमुको कथा तथा केर कोइँच लिनुचको पटकथा छ।

फिल्ममा कलाकार अनिल सुब्बा एक्टिङ निर्देशकका छन्। यो फिल्म सिनेमाटोग्राफर योगेश दाहालले खिच्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .