शुक्रबारदेखि प्रदर्शन हुने फिल्महरूको अग्रिम टिकट बुकिङ खुला गरिएको छ। जसमा फिल्म ‘जारी २’ ले उत्साहजनक सो पाएको छ।
प्रारम्भिक सो तालिका हेर्दा मंगलबार अपरान्हसम्म फिल्मले देशब्यापी १२१ सो पाएको छ। बिहीबार बेलुकासम्म सोको संख्यामा वृद्धि हुने अनुमान छ।
तर, अर्को फिल्म ‘मन बिनाको धन’ले न्यून सो पाएको देखिन्छ। टंक बुढाथोकी निर्देशित यस फिल्मलाई हलले एक/एक सोको अनुपातमा शो दिएका छन्। यद्यपि, बिहीबार बेलुकासम्म फिल्मको सो बढ्नेछ।
यो चर्चित फिल्म ‘जारी’ को सिक्वेल हो। २०८० सालमा रिलिज भएको ‘जारी’ १७ करोड माथिको व्यापार गरेको थियो। जसकारण यो फिल्म दर्शकमाझ बहुप्रतिक्षित छ। जसकारण बुकिङ समेत हुन थालिसकेको छ।
‘मन बिनाको धन’ भने बालगायक अशोक दर्जीको जीवनमा आधारित फिल्म हो। यसमा दर्जीको जिरोदेखि हिरोसम्मको यात्रालाई समेटिएको छ।
Shares

प्रतिक्रिया