कला


झण्डै ६ लाखले हेरे ‘परान’, कमाइ १७ करोड

झण्डै ६ लाखले हेरे ‘परान’,  कमाइ १७ करोड

नेपालखबर
मंसिर २२, २०८२ सोमबार १४:२१, काठमाडौँ

फिल्म ‘परान’ ले बक्सअफिसमा आक्रामक कमाइ गरिरहेको छ। यस फिल्मले १६ करोड ९७ लाख ९३ हजार ३५४ को ग्रस कलेक्सन गरेको छ।

आज सोमबार चलचित्र विकास बोर्डले प्रदर्शनमा रहेका फिल्महरूको कमाइको आकंडा सार्वजनिक गरेको छ। जसमा ‘परान’ ले प्रदर्शनको ३७ औं अर्थात मंसीर २० गतेसम्म झण्डै १७ करोड आकंडा पार गरेको हो।

बोर्डको तथ्यांकअनुसार यो अवधीमा ‘परान’ का ५ लाख ९८ हजार ३०९ टिकट बिक्री भएका छन्। गतसाता मात्रै ‘परान’ ले ‘छक्का पञ्जा’ को रेकर्ड तोड्दै सर्वकालिन धेरै कमाउने सूचीको छैटौँ स्थान बनाउन सफल भयो।

सुरुमा यस फिल्मको व्यापार न्यून थियो। प्रदर्शनको पहिलो दिन फिल्मले पाँच लाखको ‌ओपनिङ गरेको थियो। तर, तीन-चार दिनपछि ‘माउथ पब्लिसिटी’ले गर्दा हलमा दर्शकको उत्साहजनक उपस्थिति देखिन थाल्यो। दीपकप्रसाद आचार्य (काकु) को डेब्यू निर्देशन रहेको फिल्ममा अभिनेता नीर शाह मुख्य भूमिकामा छ्न्।

शाहसँगै फिल्ममा मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र बाल कलाकार आर्यादीप आचार्य लगायतको अभिनय छ।

यो फिल्ममा चर्चित व्यापारिक घराना गोल्छा समूहका शेखर गोल्छा र विज्ञापन एजेन्सी प्रिज्मा एड्भर्टाइजिङका रञ्जित आचार्यको लगानी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad