कला


नेपाललाई फिल्म गन्तव्यको रूपमा स्थापित गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डबीच सहमति

नेपाललाई फिल्म गन्तव्यको रूपमा स्थापित गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड  र चलचित्र विकास बोर्डबीच सहमति

नेपालखबर
माघ २८, २०८२ बुधबार १४:३३, काठमाडौँ

नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा आकर्षक फिल्म गन्तव्यको रूपमा स्थापित गर्ने उद्देश्यसहित नेपाल पर्यटन बोर्ड  र चलचित्र विकास बोर्डबीच सहमति भएको छ। दुवै बोर्डबीच चलचित्र र पर्यटन प्रवर्द्धन सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरिएको छ।

बुधबार काठमाडौँमा सम्पन्न कार्यक्रममा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहाल (दिनेश डिसी) ले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। यस सहकार्यले चलचित्र र पर्यटन क्षेत्रबीच दीर्घकालीन रणनीतिक समन्वयको ढोका खोलेको जनाएको छ।

विश्वभर लोकप्रिय बन्दै गएको ‘फिल्म पर्यटन’ लाई नेपालमा संस्थागत रूपमा विकास गर्ने लक्ष्यका साथ दुई निकायले संयुक्त रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यस सम्झौतासँगै नेपाललाई अन्तर्राष्ट्रिय फिल्मिङ गन्तव्यका रूपमा ब्रान्डिङ गर्ने, चलचित्रमार्फत देखिएका लोकेशनलाई पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने, स्थानीय अर्थतन्त्र सुदृढ गर्दै रोजगारी सिर्जना गर्ने, अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा नेपालको सक्रिय सहभागिता सुनिश्चित गर्न दुवै पक्ष तप्पर रहने जनाइएको छ।

सम्झौताअनुसार सन् २०२६ मा हुने कान्स चलचित्र महोत्सवमा सहभागिता, पोखरामा फिल्म फेस्टिभल आयोजना, अडियो-भिजुअल स्टोरिटेलिङ अभियान सञ्चालन तथा चलचित्र पर्यटनसम्बन्धी प्रवर्द्धनात्मक सामग्री उत्पादन गर्ने योजना तय गरिएको छ। फिल्म पर्यटनमार्फत कम परिचित प्राकृतिक र सांस्कृतिक सम्पदायुक्त स्थानलाई पनि अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्‍याउने विश्वास गरिएको छ।

चलचित्रमा देखिएका लोकेशन अवलोकन गर्न आउने पर्यटकमार्फत स्थानीय होटल, यातायात, गाइड तथा साना व्यवसाय प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad