लोक तथा दोहोरी गायक राजु थापा अभिनित ‘हावा चल्यो तिब्र गतिमा’ सार्वजनिक भएकाे छ। सम्राट शहानी र नविना शहानीको संयुक्त प्रस्तुति रहेको गीतको भिडियोमा राजुको साथमा बिमला गुरुङको अभिनय देख्न सकिन्छ।
गीतमा सम्राट शहानी र नविना शहानीको सुमधुर स्वर सुन्न सकिन्छ। गीतलाई लय तथा शब्द सिर्जना प्रतिभावान कलाकार सम्राट शहानीले तयार पारेका हुन्।
कसैको सुन्दरताले मोहित बनाएपछि उसँग टाढा रहेर जीवन बिताउन निकै कष्टकर भएको भाव समावेश गरिएको गीतको म्युजिक भिडियोलाई निर्देशन मोडल स्वयम् राजु थापाले नै गरेका छन्। भिडियोलाई छायांकन राम केसीले गरेका हुन् भने सम्पादन जोहन राइले गरेका छन्।
प्रतिक्रिया