तीजलाई लक्षित गरेर गायिका मोडल एवम् सञ्चारकर्मी सरिता भारतीले आफ्नो स्वरमा नयाँ तीज भाका ‘रातो सारी लरक्कै...’ को भिडियो बजारमा ल्याएकी छिन्। उनले आफ्नो यो गीत आफ्नै अफिसियल च्यानल व्युटी न्युज नेपालबाट मंगलरबार रिलिज गरेकी हुन्।
यो तीज गीत पत्रकार शान्तिप्रियद्वारा लेखिएको हो। शान्तिप्रियको यसै महिना भित्र अझै तीन ओटा तीजगीत रिलिज हुने भएको छ। संगीतबाट गिनिज अफ वल्र्ड रेकर्डमा नाम लेखाएका सन्तोष श्रेष्ठको संगीत यो तीज गीतमा छ।
विलक्षण क्रियसनले निर्माण गरेको यो गीतको भिडियोमा अभिनेत्रीद्वय अनामिका चौलागाईं, दीपाशा बिसीसँगै गायिका सरिता भारतीको प्रतिस्पर्धामुलक मुख्य भूमिका रहेको छ।
यो गीतको भिडियोलाई राजु केसीले छायांकन गरेका हुन्। भिडियोमा राहुल श्रेष्ठ छबी थापामगरको कोरियोग्राफी, बीरेन्द्र भाट ‘बिपिन’को छायांकन, ब्युटिसियन ट्यालेन्ट नेपाल २०२० की बिजेता लिना डँगोल र लक्ष्मी महर्जनको श्रृंगार छ। भिडियोलाई डब्बु क्षत्रीले तयार गरेका हुन्।
प्रतिक्रिया