चर्चित गायक राजेश पायल राईको आवाजमा खै के भयो सार्वजनिक भएको छ। रमेश मगरको शब्द संगीतमा तयार भएको गीत सन्तोष डुमी अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक भएको हो।
केही वर्षदेखी वैदेशिक रोजगारीका क्रममा दक्षिण कोरियामा बसोवास गर्दै आएका गीतकार रमेश मगरले सुस्त हावा, नसम्झाउ अतितका ति तिता पल लगायतका गीतमा शब्द संगीत दिईसकेका छन्।
सार्वजनिक गीतलाई राजु कार्कीले संगीत संयोजन गरेका हुन्। चर्चित प्रांकस्टार एलिस राई, नग्मा श्रेष्ठ, निनाहाङ राई अभिनित गीतको भिडियोलाई धन खालिङ र श्री थापाले खिचेका हुन् भने धन खालिङले नै सम्पादन गरेका हुन्।
आफुले मन पराएको सबै कुरा पाउन सकिन्न भन्ने सन्देश दिन खोजिएको यस भिडियोलाई किशन भुषालले कोरियोग्राफि गरेका हुन्। जस्केको क्रियसनको प्रडक्सनमा तयार भिडियोलाई गायक तथा संगीतकार सन्तोष डुमीले निर्देशन गरेका हुन्।
Shares
प्रतिक्रिया