भारतीय अभिनेता सुशान्त सिंह राजपुत मृत्यु प्रकरणमा प्रहरीले उनकै प्रेमिका रिया चक्रवर्तीका भाइ र सिंहका व्यवस्थापकलाई पक्राउ गरेको छ।
घटना अनुसन्धानका क्रममा अभिनेत्री रियाका भाइ शौविक चक्रवर्ती र सिंहका व्यवस्थापक श्यामुअल मिरान्डालाई नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) को टोलीले गिरफ्तार गरेको हो।
बीबीसी हिन्दीका अनुसार अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणमा यो पहिलो गिरफ्तारी हो।
घटनाबारे सीबीआईले अनुसन्धान गरिरहेको छ तर एनसीबीले गरेको यो पक्राउ ड्रग्स कारोबारका सम्बन्धमा हो।
सीबीआईले गरेको अनुसन्धान क्रममा लागुपदार्थको कारोबारमा संलग्न व्यक्तिबारे जानकारी प्राप्त भएपछि एनसीबीले अनुसन्धान थालेको थियो।
गत जुन १४ का सुशान्त सिंह मुम्बईस्थित आफ्नै घरमा मृत फेला परेका थिए।
प्रहरीले यसलाई आत्महत्या भनेको भए पनि सुशान्तका बुबाले सुशान्तकै प्रेमिका रिया चक्रवर्तीप्रति शंका गर्दै प्रहरीमा उजुरी दिएका थिए।
याे पनि : सुशान्त सिंह आत्महत्या प्रकरणमा अर्को ट्वीस्ट, रियाको च्याटले खुलायो बलिउडमा लागुऔषध विकृति
प्रतिक्रिया