चर्चित र्यापर राजेन्द्र भट्ट (मिस्टर आरजे) काे नयाँ म्युजिक भिडियो ‘मुना’ युट्युबको ट्रेन्डिङमा आएको छ।
हिजो (शुक्रबार) दिउँसो ४ बजे मात्र सार्वजनिक ‘मुना’ १२ घन्टामै नेपाली युट्युबको ट्रेन्डिङ नम्बर १० मा उक्लेकाे हो।
यो सामाग्री तयार पर्दासम्म यसले ३ लाख ५५ हजारभन्दा बढी भ्युज पाइसकेको छ।
नवराज कलौनीका शब्द तथा राजेन्द्र भट्ट (मिस्टर आरजे) को संगीत रहेको गीतमा भट्ट, राज खम्बु र सुजाता बर्माको स्वर छ। गीतलाई नेपाली दर्शक/स्रोताले निकै रुचाइरहेका छन्।
शान थापाको निर्देशनमा बनेको म्युजिक भिडियोमा अहिलेका व्यस्त तथा चर्चित मोडेल नाजिर हुसेन, स्वस्तिमा खड्का र रियाशा दाहालले अभिनय गरेका छन्।
प्रतिक्रिया