गायक कुलेन्द्र विश्वकर्मा र गायिका दिव्य ज्योतिको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ।
छाहारी अनलाइन टिभीको युट्युबमार्फत सार्वजनिक ‘खै के भन्छ मन’बोलको गीतमा शंकर अधिकारी घायलको शब्द तथा विकास चौधरीको संगीत रहेको छ।
गीतमा बिनोद गुरुङको संगीत संयोजन रहेको छ। लुम्बिनी मुभी मेकर्सले निर्माण गरेको भिडियोको निर्मातामा कृष्टि कौशल मल्ल रहेकी छन्।
गीतको म्युजिक भिडियोको निर्देशन गौरव गिरीको गरेका छन्। भिडियोमा सन्तोष धमला र प्रमिला तिम्सिनाको अभिनय रहेको छ। म्युजिक भिडियोलाई दिपक गिरीले छायाँकन तथा अनिल रानाले सम्पादन गरेका छन्।
हेरौँ भिडियो
प्रतिक्रिया