ad ad

कला


सुशान्त प्रकरण: आज हुदैँछ दीपिका पादुकोण, श्रद्धा कपुर र सारा खानसँग सोधपुछ

सुशान्त प्रकरण: आज हुदैँछ दीपिका पादुकोण, श्रद्धा कपुर र सारा खानसँग सोधपुछ

नेपालखबर
असोज १०, २०७७ शनिबार ४:३३,

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधनमा लागुऔषध एंगलबाट अनुसन्धान गरिरहेको भारतीय लागु औषध ब्युरोले आज दीपिका पादुकोण, श्रद्धा कपुर र सारा अलि खानसँग सोधपुछ गर्दैछ।

सुशान्त आत्महत्या प्रकरणमा मुख्य रुपमा जोडिएकी उनकी प्रेमिका रिया चक्रवर्तीसँगको सोधपुछ पछि ब्युरोलाई बलिउडमा लागुऔषधको कनेक्सनबारे पत्ता लागेको थियो।

त्यसयता छानविन गर्नेक्रममा ब्युरोले यी तीनवटै नायिकालाई आज बोलाएको हो। गोवामा रहेकी दीपिका शुक्रबार नै लागुऔषध मामलामा आफ्नो सफाई दिन मुम्बई पुगिसकेकी छिन।

शुक्रबार नै दीपिकासँग सोधपुछ गर्ने तय भएपनि उनको कोरोना परिक्षण नभएका कारण आज सोधपुछ गर्न लागिएको हो।

दीपिकालाई २०१७ मा उनले आयोजना गरेको एक पार्टीमा लागु औषधको प्रयोग भएको, वाट्सअप च्याटमा लागुऔषधबारे कुरा गरेकोबारे सोधपुछ हुनेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .