नित्याशिवा र पुरुषोत्तम न्यौपानेको स्वरमा रहेको दशैँ गीत ‘घर आँगनीमा दशैँ आयो‘’ सार्वजनिक भएको छ। डी एस डिजिटल सिनेमाको ब्यानरमा तयार भएको गीतको भिडियो ओएस आर डिजिटलबाट सार्वजनिक भएको हो।
पुरुषोत्तम न्यौपानेकै संगीत र शंकर अधिकारी घायलको शब्द रहेको गीतको भिडियोमा गाउँ घरमा दशैँ आउँदाका रमाइलो पलहरु समेटिएको छ।
कृष्ण पाण्डेको छायाँकन, सन्दिप भुजेलको नृत्य, प्रेम शर्मा पौडेलको सम्पादन रहेको गीतको भिडियोमा रवी खड्का, रोशिका राया, सृष्टि कोइराला र प्रेम शर्मा पौडेलको अभिनय छ।
प्रतिक्रिया